धेरै सोधिने प्रश्नहरु

निकोलास निग्रोपुन्टे, एक बच्चा एक ल्यापटपका सभापति, ले यस बिषयमा दिएका उत्तरहरु:

वास्तवमा $१०० को ल्यापटप के हो त?
प्रस्तावित $१०० मेशिन लिनक्समा आधारित्, दुई प्रकारका डिस्प्ले - पूर्ण रङ्गिन्, 'ट्रान्स्मिसिव डिभिडि मोड' र अर्को ३X रिसोल्युसन मा सुर्यको प्रकाशमा पनि पढ्न सकिने र प्रतिबिम्बित श्यामश्वेत प्रकारको हुनेछ। यो ल्यापटपमा ५०० मेघाहर्जको प्रोसेसर र १२८ मेगाबाइट्को डि रेम का साथै ५०० मेगाबाइटको फ्लाश मेमोरी हुनेछ; यसमा हार्ड डिस्क हुने छैन, तर यसमा ४ बटा यु यस बी पोर्ट हुने छन् । यिनिहरुमा वाएरलेस ब्रोडब्यान्ड हुनेछ जसले गर्दा यिनिहरु मेश नेट्वोर्कमा काम गर्न सक्नेछन; हरेक ल्यापटप नजिकको अर्को ल्यापटप सँग कुरा गर्न सक्नेछ जसले गर्दा एउटा एड हक लोकेल एरिया नेट्वोर्क बन्नेछ। यी ल्यापटपहरुले धेरै डेटा सन्चिता गर्नु भन्दा बाहेक लगभग सबै काम गर्न सक्नेछन् र नविनतम शक्तीका श्रोत (विन्ड अप लगायतका) प्रयोग गर्नेछन् ।

बिकासशिल देशका बच्चाहरुलाई ल्यापटप किन चाहियो त ?
ल्यापटप झ्यालको साथै एउटा माध्यम पनि हो: संसार चियाउनको लागि एउटा झ्याल र सोच्नको लागि एउटा माध्यम । ल्यापटप बच्चाहरुको लागि स्वतन्त्र अन्तरक्रिया तथा अन्वेषणद्बारा ''सिकाई सिक्ने'' उत्कृष्ट माध्यम हो ।

ल्यापटप नै किन? डेस्कटप -अझ - रिसाईकल्ड डेस्कटप भए हुन्नथ्यो र ?
डेस्कटप सस्ता छन्, तर गतिसिलता महत्वपूर्ण कुरा हो, खासगरी राती कम्प्युटर घर लाने मामलामा । बिकासशील देशका बच्चाहरुलाई नयाँ प्रबिधी आबश्यक छ, खासगरी पुरानो हार्डवेयर र नयाँ सफ्टवेयर । भर्खरै 'मैने'का स्कुलहरुसित गरिएको अध्ययनले देखाएको छ कि बच्चाको पढाईका साथै खेलाई मा पनि ल्यापटप ले ठुलो महत्व राख्छ । घरमा ल्यापटप ल्याउदा परिवारको पनि ध्यान आकर्शित हुन्छ । हामीले काम गरिरहेको क्याम्बोडियाको एउटा गाउँमा बिजुलिबत्ती छैन, त्यसैले अरु चिजहरु सँगै यो ल्यापटप नै घरको सबैभन्दा उज्यालो प्रकाशको श्रोत हो ।

अन्तमा, रिसाइकलको बारेमा: यदि हामीले १० करोड डेस्कटप भएको अनुमान गर्यौ भने, र हरेकलाई फेरी राम्रो गराउन एक घण्टा लाग्छ भने, जम्मा ४५ हजार कार्य बर्ष लाग्यो । त्यसैले, हामी प्रयोग गरिएका कम्प्युटरको रिसाइक्लिङ गर्न प्रोत्सहित गर्छौं, तर यो एक बच्चा एक ल्यापटपको समाधान चाँही होईन ।

यो ल्यापटपको भाउ त्यति थोरै गराउन कसरी सम्भब छ त ?
* पहिला त, डिस्प्लेको मुल्य एकदम घटाएर । पहिलो पुस्तका कम्प्युटरहरुमा दुई मोडवाला डिस्प्ले हुनेछ जुन डि भि डि प्लेयरहरुमा पाईने डिस्प्लेभन्दा सुधरिएको हुनेछ । यी डिस्प्लेहरु चम्किलो सुर्यको प्रकाशमा श्याम-श्वेत रुपमा प्रयोग गर्न सकिनेछ—त्यो पनि जम्मा $३५ मा ।

* दोश्रो, हामीले सिस्टमबाट भद्दापन हटाउने छौं । अहिलेका ल्यापटप धेरै भद्दा भएका छन । तिनिहरुका दुई-तिहाई सफ्टवेयर बाकी एक्-तिहाईलाई ब्यबस्थापन गर्न प्रयोग हुन्छन, जसले धेरैजसो एउटै कुरा नौ तरिका बाट गर्छ ।

* तेश्रो, हामीले यी ल्यापटपहरु शिक्षा मन्त्रालयहरुमा एकदमै धेरै संख्यामा(१०औं लाख) पठाउने छौ, जसले यिनिहरुलाई पाठ्ठ्यपुस्तकको रुपमा बाड्न सक्नेछन।

हरेक बच्चाहरुलाई ल्यापटप हुन किन जरुरी छ त ? सामुदायिक केन्द्रहरु भए पुग्दैन र ?


संचार को बारेमा के धारणा छ? बिकासशिल राष्ट्रहरुमा दुर संचार सेवा महँगो छैन र?
जब यी मेशिनहरु बक्साबाट निकालीन्छन् तब यिनिहरुले आफ्नै मेश नेट्वर्क बनाउंछन, एक अर्का सँग । यो प्रबिधी यम आइ टि र मिडिया ल्यब मा प्रथम पटक बिकास गरिएको हो । साथै हामी त्यो प्रबिधीलाई थोरै खर्चमै ईन्टरनेटमा जोड्ने प्रयासमा छौं ।

$१००० का ल्यापटपहरुले के त्यस्तो गर्न सक्छन जुन् $१०० को ल्यापटपले गर्न सक्दैन?
खासै केही छैन । यो योजना $१०० को ल्यापटपलाई सबै काममा सक्षम बनाउने हो । खाली यसमा धेरै डाटा मात्र अटाउँदैन ।

यसलाई बजार मा कसरी लैजाने त?
यी ल्यापटप हरु सरकारलाई बेचिनेछ र स्कुलहरुमा 'एक बच्चा एक ल्यापटप' का दरमा बाँडिनेछ । चाइना, ईन्डिया, ब्राजिल, अर्जेन्टिना, इजिप्ट, नाइजेरिया, र थाइल्यान्डसँग प्रारम्भिक कुराकानी भैसकेको छ । साथै केही ल्यापटप अरु देशमा बिकासमुखी समुदायको बिजारोपण गर्न प्रयोग गरिनेछ । साथै समानान्तर् रुपमा बजारमा ल्याउने नमुनाको अध्ययन गरिनेछ ।

यी ल्यापटप हरु बजारमा आइसक्ने सम्भावना कहिले छ? र सबैभन्दा ठुलो समस्या के हो?
हाम्रो प्रारम्भिक योजना यी ल्यापटप हरु २००६ को अन्त्य वा २००७ को सुरु मा यस्लाई बजारमा पठाइ सक्ने हो । पूर्ण उत्पादन ५० लाख देखि एक करोड ल्यापटपको माग र आग्रीम भुक्तनी भएपछी मात्र सुरु हुनेछ । सबैभन्दा ठुलो समस्या कुनै पनि चिज लाखौंको मात्रामा उत्पादन गर्नु हो । यो खाली आपुर्तीको मात्र समस्या होईन, अभिकल्पको पनि हो । समस्या ठुलै भएपनि म आँफै आश्चार्यचकित छु कम्पनी हरु बाट आएको प्रस्ताव सुनेर । आधी समस्या त मात्र सोचाईले नै समाधान गरिदिंदो रहेछ ।

$१०० ल्यापटप को अभिकल्प र उत्पादक प्रमुख को हो?
ताईवान को क्वान्टा कम्प्युटर इन्क. लाई $१०० ल्यापटपको अभिकल्प र उत्पादक प्रमुखका रुपमा चुनिएको छ । बिभिन्न कम्पनीहरुको बोल कबोल हेरे पछी यो चयन गरिएको हो । क्वान्टा कम्प्युटर इन्क. १९८८ मा ताईवानमा स्थापना भएको हो । बिक्रीमा $१० करोड अमेरिकी डलर क साथ यो कम्पनी संसारकै ठुलो ल्यापटप उत्पादक कम्पनी हो । कम्पनी ले मोबाईल फोन, एल सि डि टिभी र सर्भर , स्टोरएज पनि बनाउंछ । साथै क्वान्टाले $२००० लाख को अध्ययन तथा बिकास केन्द्र क्वान्टा आर एन्ड डि कम्प्लेक्स ताईवानमा खोलेको छ जस्को क्षमता २००५ मा खुल्दा २२ लाख बर्ग फुट जमिन र ७००० ईन्जिनियर को थियो ।

यो सुरुवत कसरी सम्रचनत्मक हुन्छ त ?
$१०० ल्यापटप (OLPC) द्बारा संस्थापित योजना हो , यो देल्वेरमा अवस्थित छ र एम आई टि मिडिया ल्याब का सदष्यहरुद्बारा यो नाफारहित परियोजना सन्चालित छ यो परियोजनाको मुख्य उदेश्य अधुनिक प्रबिधीद्बारा उच्याटअ शैक्षिक बातावरणमा सैमर पैपरट र ऐल्न केए को नबिनतम परिकल्पनामा आधरित नितिद्बारा संसारको सबै भुभागका बच्चाहरुको पहुंचमा हुने गरी एक ल्यापटप उत्पादन गर्नु हो यो परिकल्पना यस परियोजनाका प्रमुख निकोलस् नेग्रोपुन्टेको पुस्तक 'बिईङ्ग डिजिटल' मा पनि आधारित छ । यस्का सदस्य संस्थाहरु एएमडी, ब्राइटस्टार्, गूगल, मर्वेल्ल्, न्युज कोर्पोरसन, नोर्तेल्, र रेड हयाट रहेका छन् । निकोलस् निग्रोपुन्टे यस्का अध्यक्ष हुन र मेरी लोउ जेप्सेन प्रमुख प्रबिधी अफिसर हुन । साथै अरु संग्लग्न प्रमुखहरु यसप्रकार छन : वल्टर बेन्डर ,मिखाइल ब्लेट्सस् । माईकल बोवे ,जोसेफ जकोब्सोन्, अलन केअएए, खलेद हस्सोउनह टोड मैंषोवर , सैमर पैपरट ,मीच्चल रस्नीक र टैंड सैंल्कर । फ्यूज़ प्रोजेक्ट र डीज़ाइन कन्टीनम यस्का अभिकल्पका सहयोगि हुन ।

फेब्रुअरी २००६